अष्ट्रेलियाभर अन्तर्राष्ट्रिय नेपाली दिवश मनाईने

Bythetruekhabar

२६ पुष २०७९, मंगलवार १३:४१ २६ पुष २०७९, मंगलवार १३:४१ २६ पुष २०७९, मंगलवार १३:४१

आधुनिक नेपालका एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मान अनि सम्झनामा अष्ट्रेलियाका नेपालीहरूले पृथ्वीजयन्ति एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाउने भएका छन्। हरेक वर्ष अष्ट्रेलियाका नेपालीले पुष२७ लाई नेपाली दिवशको रुपमा मनाउने गर्दछन्। पृथ्वीनारायण शाहको एकीकरण अभियानकै कारणविश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपालीभनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउने गरेको राष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणि अधिकारीले बताए।

अष्ट्रेलियामा पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा भव्य र व्यापक रूपमा मनाउन थालेको धेरै वर्ष भईसकेको छ। अष्ट्रेलियाका नेपाली सामाजिक अभियन्ता डिला खरेल सन् २०१० देखी नै अष्ट्रेलियामा नेपाली समुदायले पुष २७ लाई पृथ्वीजयन्ति तथा नेपाली दिवशको रूपमा मनाउँदै आएको बताउँछन्। नेपाली हुनुको आत्मबोध र आगामी पुस्तालाई नेपाली राष्ट्रियतासँग साक्षात्कार गराउने महान दिनको रूपमा यसलाई लिन सकिने र पर्ने उनको ठम्याई छ।

 

पृथ्वी जयन्ति ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का आयोजक कमितीका सदस्य युवा अभियन्ता  दीपक पौडेलले पृथ्वीनारायण शाहको सम्बन्धमा गलत कथा बुन्ने र स्थापित गर्नका लागी तथाकथित बुध्दिजिवीहरू नै लागेको देखिनु घृणित कार्य रहेको बताउँछन्। नेपाल एकीकरण र नेपाली राष्ट्रियताको मियोका रूपमा पृथ्वीनारायण शाहलाई लिनुपर्ने र उनको एकता अभियानको निरन्तरता एवं नेपाली पहिचानको गौरवपूर्ण स्वीकारलाई साक्षात्कार गर्ने अवसरका रूपमा संसारभर छरिएका नेपालीले लिनुपर्ने उनको भनाई छ। ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’को स्वरूपमा पृथ्वी–जयन्तीलाई यस वर्ष पनि गौरव, श्रध्दा र नेपाली एकताको सन्देश दिने दिन रहेको आयोजकको भनाई छ।

बुधबार नेपाली भएकोमा गर्व गर्ने अष्ट्रेलियामा बस्ने नेपालीहरूले विभिन्न कार्यक्रमका साथ पृथ्वीनारायण शाहको सम्झना गर्ने कार्यक्रम तय भएकोछ। अष्ट्रेलियाको सिड्नीमा विशेष कार्यक्रम नेपालीहरूको घना बसोबास भएको ओबनमा हुनलागेको छ। क्यानबेरा, मेलबर्न, एडिलेड, पर्थ, तासमानिया र डार्बिनमा पनि पृथ्वी जयन्तिको उपलक्षमा कार्यक्रम आयोजना हुने छ। सबै राज्यहरूमा कार्यक्रमको खाका बनेको आयोजकहरूले जानकारी दिएका छन्।  

 

सिड्नीको कार्यक्रम:

सिड्नीमा आयोजना हुने कार्यक्रम ओबन पार्कमा हुनलागेको छ। विहान ११ बजे देखी दिनभर नै ओबनमा विभिन्न प्रस्तुती र माल्यार्पणको कार्यक्रम हुनेछ।

 

 

कार्यक्रमको विवरण:

स्थान: Auburn Park, Hutchinson Street, Auburn NSW

मिती:  पौष २७, २०७९, सोमवार 11 January,2023

समय: बिहान ११ बजे देखी ५ बजे सम्म (सिड्नीकोसमय अनुसार)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *