काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियार चलाइए ठुला दलका कोही जोगिन नसक्ने बताएका छन् ।

राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलिसकेको भन्दै अब दाप बाहिर आइसकेकाले रोकिन नहुने उनले बताए ।

लिङ्देनले नेपालको सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

Leave a Reply

Your email address will not be published. Required fields are marked *