गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

Bythetruekhabar

४ माघ २०८१, शुक्रबार ००:४० ४ माघ २०८१, शुक्रबार ००:४० ४ माघ २०८१, शुक्रबार ००:४० #Indian Army chief urges resumption of Gurkha recruitment

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग गोरखा सैनिक भर्ती पुनः खुलाउन आग्रह गरेका छन् । यूरेशियन टाइम्समा प्रकाशित समाचार अनुसार भारतले गोरखा सैनिकको भर्ती पुनः शुरु गर्नका लागि नेपालको जवाफ फर्खिरहेकाे छ ।

जनरल द्विवेदीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा नेपालका सेना प्रमुखसँग भारतीय सेनामा गोरखा भर्ती पुनः शुरु गर्न आग्रह गरेको छु। म धेरै आशावादी छु कि यो ढिलो चाँडो सुचारु हुनेछ। जवाफ पर्खिरहेका छौं ।’ यद्यपि उनले गोरखा भर्ती कहिलेबाट फेरि शुरु हुन्छ भन्ने स्पष्ट रूपमा बताएनन्।

विगत चार वर्षदेखि भारतीय सेनामा गोरखा भर्ती बन्द छ।​ भारत सरकारले ल्याएको अग्निपथ योजना प्रति नेपाल सरकाले असन्तुष्टि जनाइरहेका बेला भारती सेना प्रमुखले यस्तो प्रस्ताव गरेको समाचार बाहिरिएको हो ।

हाल भारतीय सेनामा करिब ३४,००० गोरखा सैनिक छन्। सन् २०२० देखि १४ हजार गोरखा सैनिकले हालसम्म अवकाश पाइसकेका छन्। यी ठाउँमा नयाँ भर्ना हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *