मंगलबार भगवान गणेशको पूजा अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ। मंगलबार सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मीक विश्वास छ ।
शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती परिक्रमा पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।
संकल्प : संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।
आह्वान (ॐ गं गणपतये नम): आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।
आसन : भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नम: आसनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ । (आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।)
पाद्यं (भगवान गणेशका पाउ धुनु) : ॐ गं गणपतये नम: पादयो: पाद्यं समर्पयामि । मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेको मूर्ति अर्थात प्रतिमाको पाउ शुद्ध जलले धुनुहोस् ।अर्घ (हात धुनु) आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नम: हस्तयोस् अघ्र्यं समर्पयामि । मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ ।
आचमन (मुख शुद्ध पारिनु) : ॐ गं गणपतये नम: आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ । आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु ।
पंचामृतले स्नान : गं गणपतये नम: पंचामृतस्नानं समर्पयामि । मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ । पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन् । यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ ।
शुद्ध जलले स्नान : गं गणपतये नम: शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ ।
वस्त्र समर्पण : गं गणपतये नम: वस्त्रोपवस्त्रम् समर्पयामि । मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ ।
गन्ध समर्पण : गं गणपतये नम: गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ ।
पुष्प अर्पित : ॐ गं गणपतये नम: पुष्पं समर्पयामि । मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ ।
अक्षता अर्पित : ॐ गं गणपतये नम: अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ ।
धूपले पूजा : गं गणपतये नम: धूपम् आघर्पयामि । मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ । हातमा दीप तथा धूप लिएर गणेको पूजा गर्नुपर्छ ।
दीप देखाउनु : ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ । हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ ।
आरती : गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि । मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ ।
प्रदक्षिणा : हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ । परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ । उक्त समयमा ॐ गं गणपतये नम: प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ ।
पुष्पाञ्जलि : ॐ गं गणपतये नम: पुष्पांजलि समर्पयामि । मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ ।
नेवैद्य अर्पण : ॐ गं गणपतये नम: नेवैद्यम् निवेदयामि । मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजाका लागि बनाइएको पंचामृत अर्पण गुर्नपर्छ । भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन ।पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन ।
ॐ गं गणपतये नम : फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ ।
ॐ गं गणपतये नम : मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ ।
ॐ गं गणपतये नम : पंचमेवा भोजनम् समर्पयामि मन्त्रको उच्चारण गर्दै कहते हुए पंचमेवा अर्पण गर्नुपर्छ । यी सवै पूवाविधि पूरा गरिसकेपछि । आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ ।
त्यसैगरी मंगलबारका दिन भगवान गणेशसँगसँगै भगवान हनुमानको पनि पूजा हुने गर्दछ ।
हिन्दू शास्त्रका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ। त्यसैले यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।
मंगलबारका दिन के गर्दा शुभ मानिन्छ ?
- मंगलबार बिहान राम मन्दिर जानुहोस् । मंगलबार हनुमानको दर्शन गर्दा मानिसमा नयाँ उर्जा पैदा हुन्छ।
- मंगलबार बिहान बच्चाको सिरानीमा फिटकरी राखिदिनुहोस् । यसो गर्दा बच्चामा सुत्दा डराउने समस्या हटेर जाने गर्दछ।
- एउटा धागोमा खुर्सानीमाथि, बीचमा कागती र तल पनि खुर्सानी राखेर कुनै व्यवसाय गरेको ठाउँ वा घरको ढोकामा राख्नुहोस् । यसले नकारात्मक उर्जा समाप्त गर्ने काम गर्दछ।
- मंगलबार बेलुका हनुमानलाई गुलाब चढाउनुहोस् । यसो गर्दा जीवनमा रहेका समस्या समाधान हुन्छन।
- मंगलबार रामस्तोत्र पढ्ने गर्नुहोस् । जसले शुभ कामको थालनी गर्दा लाभ प्राप्त हुने वातावरण निर्माण गर्छ ।
- मंगलबार शुद्ध ध्यु वा तेलको बत्ती बालेर मात्रै हनुमान चालिसा पढ्नुहोस् । यसो गर्दा तपाईको मनकामना पूर्ण हुनेछ।