फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार्छौंः रोहित पौडेल

Bythetruekhabar

७ असार २०८१, बिहीबार १२:२२ ७ असार २०८१, बिहीबार १२:२२ ७ असार २०८१, बिहीबार १२:२२ #Nepal poor performance on world Cup, #Rohit Poudel statement of Nepal performance

रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन्।

बिहीबार टी- २० विश्वकपमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उनले टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको बताए।

उनले अमेरिका र वेस्ट इण्डिजको पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको बताउँदै नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले राम्रो खेल्ने खेलाडीलाई टिममा स्थान सधैं खुला रहेको बताए।

उनले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा। तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन। अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन। सम्पूर्ण खेलको कुरा गर्दा बलरले राम्रो गर्नुभयो। सबैको लागि ठाउँ खाली छ, राम्रो खेल्नेले अवसर पाउनुहुन्छ। हामीले बेस्ट १५ खेलाडी लिएर गएका थियौं।

ब्याट्सम्यानलाई च्यालेन्ज थियो। ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन। बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ। फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौं। ब्याटिङमा पनि सुधार गर्न जरूरी छ।’

उनले नेपालले उत्कृष्ट १५ खेलाडी लिएर विश्वकपमा गएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *