महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बेपत्ता

Bythetruekhabar

९ असार २०८१, शनिबार १३:४० ९ असार २०८१, शनिबार १३:४० ९ असार २०८१, शनिबार १३:४० #Mahakali, #Mahakali river

महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। यस्तै अर्की बालिका बेपत्ता भएकी छन्।

पाैडी खेल्ने क्रममा बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो। उनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।

उनीहरू साेही ठाउँको कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान पाैडी खेल्ने क्रममा डुबेका थिए।

घटनापछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा रजनी मृत फेला परेकी थिइन्। बेपत्ता अर्की बालिकाकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *