सुनको मूल्यमा नयाँ कीर्तिमान

Bythetruekhabar

५ कार्तिक २०८१, सोमबार ०७:०४ ५ कार्तिक २०८१, सोमबार ०७:०४ ५ कार्तिक २०८१, सोमबार ०७:०४ #gold, #gold and silver

नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *