दुई दिनमा ७४ अंकले बढ्यो नेप्से, तीन कम्पनीमा मूल्य बढेर सर्किट

Bythetruekhabar

१३ कार्तिक २०८१, मंगलवार ०९:४१ १३ कार्तिक २०८१, मंगलवार ०९:४१ १३ कार्तिक २०८१, मंगलवार ०९:४१ #circuit with price increase in three companies, #NEPSE rose by 74 points in two days

दुई दिनमा नेप्से परिसूचक ७४.१ अंकले बढेको छ। मंगलबार नेप्से ४६.६९ अंकले बजार बढेर २६९२.०५ विन्दुमा पुगेको हो।

नेप्सेले अहिले पनि २७ सयको विन्दुमा प्रतिरोध परीक्षण नै गरिरहेको देखिन्छ।

मंगलबार कारोबार अवधिमा समेत नेप्से २६९२.११ विन्दुसम्म पुगेको थियो।

यसदिन तीन सय १९ स्क्रिप्स कारोबारमा आउँदा दुई सय ५८ वटाको सेयर मूल्य बढेको छ। ३५ वटाको मूल्य घटेर कारोबार भएको छ भने बाँकीको स्थिर छ।

कारोबार रकममा पनि सुधार भएको छ। सोमबार पाँच अर्ब ३४ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार छ अर्ब १२ करोड रूपैयाँको सेयर किनबेच भएको छ।

यसदिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। निर्जीवन बीमा, विकास बैंक र होटेल समूह उच्चले बढेका छन्। यी समूहमा क्रमशः ३.६० प्रतिशत, २.३२ प्रतिशत र २.७७ प्रतिशतले वृद्धि भएको हो।

यसदिन सबैभन्दा धेरैले मूल्य बढ्नेमा सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जनरल इन्स्योरेन्स र कुथेरी बुखरी स्मल जलविद्युत आयोजना छन्।

यी कम्पनीको १० प्रतिशतले मूल्य बढेर सर्किट लागेको छ।

समृद्धि फाइनान्सको सबैभन्दा धेरै २४ करोड ७१ लाख रूपैयाँको कारोबार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *