विमानस्थलमा खचाखच बेहुला बेहुली

Bythetruekhabar

८ मंसिर २०८१, शनिबार १५:२० ८ मंसिर २०८१, शनिबार १५:२० ८ मंसिर २०८१, शनिबार १५:२० #Airport crowded behula behuli

मंसिर महिना विवाहको लगनका लागि परिचित छ। हिन्दु धर्मशास्त्र अनुसार धार्मिक लगनकै दिनमा विवाह गर्दा दाम्पत्य जीवन बलियो र परिपक्व हुने मानिन्छ। धार्मिक लगनहरू अक्सर हिउँदको मंसिर र वर्खायामको वैशाखमा धेरै हुन्छन्। यी महिनामा हिन्दु युवायुवतीको विवाह धेरैजसो हुने गर्छ।

यसबाहेक जेठ, असार, माघ, फागुनजस्ता महिनामा पनि विवाहका लगन हुन्छन्। यद्यपि वैशाख र मंसिरको तुलनामा भने कम हुन्छन्।

यसपालिको मंसिरमा भने वैवाहिक लगनको दिन जम्मा एक दिन मंसिर ८ गते अर्थात् शनिबारको दिन मात्रै परेको छ। यसर्थ आज देशैभर धेरै युवायुवती वैवाहिक बन्धनमा बाँधिइरहेका छन्।

जसको एक दृश्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा देखिएको छ। जहाँ दर्जनौँ वैवाहिक जोडी विवाह गरेर गन्तव्यतर्फ प्रस्थानका लागि हवाई जहाज कुरिरहेका छन्।

जसका केही दृश्य हुम्लाका युवा चक्र दानीले आफ्नो मोबाइल क्यामरामा कैद गरेका छन्। उनले कैद गरेका तस्बिरमा विमानस्थलको यात्रु प्रतीक्षा घर नै विवाहित जोडीले राताम्मे देखिएको छ। जुन तस्बिरहरू चक्रले नागरिकन्युजलाई उपलब्ध गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *