काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्सले बसिर अहदमको अर्धशतकमा चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिलो ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो ।
विराटनगरका लागि घरेलु खेलाडी बसिरले सर्वाधिक अविजित ६८ रन जोडे । चितवनको ४४ बल सामान गरेको उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
विराटनगरका मार्टिन गुप्टिल भने आजको खेलमा अर्धशतक प्रहार गर्न ५ रनले चुके । १ चौका र ४ छक्काको सहयोगमा ४५ रन जोडेका उनी चितवन कप्तान कुशल बल्लको बलको शिकार भए ।
राजेश पुलामीले २० बलमा अविजित ३३ रन जोडे । उनले १ चौका र ३ छक्का प्रहार गरे ।
दीपक बोहोरा र निकोलस किर्टोनले दोहोरो रन बनाउन सकेनन् । दीपक ४ रन र निकोलस ८ रनमा पवेलियन फर्किए ।
विराटनगरका दुई खेलाडीले भने रनको खाता नै खोल्न सकेनन् । ओपनर लोकश बम २ बल सामना गरेर रिजन ढकालको घातक बलिङले पवेलियन फर्किए । अर्का खेलाडी स्कट एडवर्ड्स पनि खाता नखोली मैदानबाट बाहिरिए ।
चितवनका लागि रिजन ढकालले सर्वाधिक २ विकेट लिए । सोहल तनवीर, बासिल हमिद र कुशल मल्लले समान १-१ विकेट लिए ।