काठमाडौं। हिजो आयोजित २०७८/२०७९ को बजेट घोषणामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब श्रावण १ देखि मोबाइल उपकरण प्रबन्धन प्रणाली (एमडीएमएस) नेपालमा लागू गरिने घोषणा गरेका छन्। यस प्रणालीले नेपालमा स्मार्टफोनको अवैध आयात नियन्त्रण गर्न मद्दत गर्नेछ।
ग्रे(grey) बजार मार्फत स्मार्टफोनको बिक्री लामो समयदेखि नेपालमा ठूलो समस्या हुदै आएको छ। (Grey Market) अवैध बजारले औपचारिक च्यानलको माध्यमबाट आधिकारिक सामानको वितरण / बिक्रीलाई जनाउँछ। नतिजाको रूपमा, सरकारले सम्भावित राजस्व गुमाउँछ भने सरकारी आयातकर्ताहरूले आफ्नो व्यापार गुमाउँछन्।

अबैद रुपमा हुने यस मोबाइल फोनको अायातलाई शून्य पार्न नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले आईएमईआई रेजिष्ट्रेसन अनिवार्य बनाएको छ। र NTA ले रेजिष्ट्रेसन अनलाइन आईएमईआई दर्ता सुरू गरिसकेको छ।
अनलाइन आईएमईआई दर्ता रेजिष्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।
तपाईंको फोन रेजिष्टर्ड भए नभएको जाँच्न क्लिक गर्नुहोस् ।