बुधबार सुनको भाउ  १९ सय रुपैयाँले बढ्यो

Bythetruekhabar

९ माघ २०८१, बुधबार ०९:१५ ९ माघ २०८१, बुधबार ०९:१५ ९ माघ २०८१, बुधबार ०९:१५ #gold and silver, #तोलामा

नेपाली बजारमा बुधबार सुनको भाउ  १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ । यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *