दश लाख नगद घरौटी बुझाएर छुटे गच्छदार

Bythetruekhabar

३० असार २०७८, बुधबार १२:४९ ३० असार २०७८, बुधबार १२:४९ ३० असार २०७८, बुधबार १२:४९ #lalita niwas

ललिता निवास जग्गा अनियमितता प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा छुटेका छन् । अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार बुधबार बिहान १० बजे विशेष अदालत काठमाडौँले चार घण्टासम्म बयान लिएर उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

२०५९ को ऐनको दफा ७ (घ) बमोजिम हाललाई गच्छदारसँग सो धरौटी माग गरिएको हो । ललिता निवास जग्गाको मुद्दा लागेपछि फरार गच्छदारले सो धरौटी रकम बुझाए तारेखमा राख्ने र नबुझाए नियमअनुसार कैद गर्न विशेष अदालतले भनेको थियो । गच्छदारले धरौटी बापतको १० लाख रुपैयाँ नगद बुझाएर छुटेका छन् ।

गच्छदार बुधबार बिहान अदालतमा उपस्थित भएका थिए । उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको इजलासमा सुनुवाइ भएको हो ।

२२ माघ २०७६मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *