सन्दीपले द हन्ड्रेड गुमाए, नेपाल फर्कंदै

Bythetruekhabar

५ श्रावण २०७८, मंगलवार १३:०४ ५ श्रावण २०७८, मंगलवार १३:०४ ५ श्रावण २०७८, मंगलवार १३:०४ #cricketer, #cricketer sandip, #sandeep lamichhane, #sandip lamichhane, #the hundered

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड (एक सय बलको) प्रतियोगिता गुमाउने निश्चित भएको छ ।

सन्दीप आज वा भोली नेपाल फर्किने उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । त्यसको लागि टिकटको मिलाउने प्रक्रियामा रहेको शिवाकोटीले जनाएका छन् । सन्दीप युके पुगेको टिएर ५ भिसामा द हन्ड्रेड खेल्न नपाउने भए पछि फर्किन लागेका हुन् ।

बिहिबारदेखि सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध भएका थिए । सन्दीप द हन्ड्रेडमा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) बराबरमा अनुबन्ध भएका थिए । सन्दीप भिसाकै कारण खेल्न नपाएपछि नेपाल फर्कन लागेका हुन् ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएका थिए । सोमबार उनले बेलायत सरकारबाट मान्यता प्राप्त होटेलमा १० दिनको क्वारेनटाइन समय गरेका थिए । सन्दीपको टोलीले उद्धघाटन खेलमा म्यानचेस्टर ओरिजिनल्ससँग खेल्ने कार्यक्रम थियो । सन्दीप प्रतियोगिता पूर्ण रुपमा प्रतियोगिताबाट बाहिर हुने भएपछि उनको स्थानमा दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी खेल्ने छन् । शाम्सी टि२० वरियता नम्बर वान बलर हुन् ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् । फाइनल २१ अगष्टमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *