नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने

Bythetruekhabar

१५ श्रावण २०७८, शुक्रबार ०३:१३ १५ श्रावण २०७८, शुक्रबार ०३:१३ १५ श्रावण २०७८, शुक्रबार ०३:१३ #kp oli, #madhav kuar nepal, #madhav nepal, #madhav oli, #new pm sher bahadur deuba, #Pm sher bahadur deuba, #prime minister sher bahadur deuba, #sher bahadur deuba pm

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने भएको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको बताइएको हो ।

‘तत्काल सरकारमा सहभागी हुदैनौं । सरकारमा सहभागी हुन शेरबहादुर देउवालाई विश्वासको मत दिएको होइन’, नेपाल निकट एक नेताले भने ।

योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।

‘सबैको कुरा सुन्नुपर्छ । अहिले हामी एकतावद्ध एमालेको पक्षमा रहेकाले सरकारमा सहभागी हुन सकिदैन’, नेता नेपालले सांसदहरुसँग भनेका थिए । ‘सरकारमा सहभागी हुने च्याप्टर तत्काललाई बन्द भयो । हामीले गठबन्धनका नेताहरुलाई भनिसकेका छौं’,  नेता रघुजी पन्त भन्छन् । विश्वासको मत दिएपछि नेता नेपालले आफू निकट नेताहरुसँग लगातार छलफल गरिरहेका छन् । स्थायी कमिटी, विश्वासको मत दिने सांसदहरु, जनसंगठनका नेता लगायतसँग छलफल गरिसकेका नेता नेपालले केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेका छन् । बुधबार दिउँसो २२ सांसदसँग छलफल राखेका थिए । उक्त छलफलमा नेता नेपालले सरकारमा सहभागी हुन नसकिने जानकारी सांसदहरुलाई दिएका हुन् ।

३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । देउवालाई माधव समूहका १४ र अध्यक्ष केपी शर्मा ओली समूहका आठ सांसदले विश्वासको मत दिएका थिए । विशेषगरी ओली समूह छाडेर विश्वासको मत दिनेहरु सरकारमा जान जोड गरिरहेका उक्त भेलामा सहभागी एक सांसदले बताए ।

‘माधव कमरेडले रिस्क लिन तयार हुने भए अर्कै कुरा भनेपछि संभवतः कोही सरकारमा जानु हुन्न होला’, नेपाल निकट एक नेता भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *