हामी एक्काइसौ शताब्दीमा छौ । अहिलेको समयमा हामीले यति बुझेका छौ की अरुलाई खुसी बनाउन खोज्यौ भने आफ्नै खुसी त्याग्नु पर्ने हुन्छ । दिनदिनै हामीले प्रयोग गर्ने हरेक वस्तु अपग्रेड हुदै गईरहेका छन् । लगाउने लुगादेखी गरिने क्रियाकलाप, सबै सोचमा परिवर्तन भईसकेको छ ।
हामीभन्दा अघिल्लो पुस्ताकै कुरा गर्ने हो भने उहाहरु स-ससाना कुराहरु पनि सोचेर गर्नु हुन्थ्यो । तर अहिले त्यस्तो हुदैन । अहिलेको समाज शिक्षित र मोर्डन भईसकेको छ । ट्रेन्डको साथै सृजनात्मक कुराहरुमा कोही भन्दा कोही कम छैनन् ।
म मेरै कुरा गर्छु । म कक्षा दशसम्म पढ्दा मेरो हातमा नोकियाको की-प्याड मोबाईल हुने गर्थ्यो । तर अहिले सबैको हातमा ब्राण्डेड स्क्रिन टच मोबाईलहरु हुन्छन् । त्यस समयमा आफुलाई नोकियाको की- प्याड मोबाईल एउटा सिंङ्गो संसार लाग्थ्यो भने अहिले संसार आफ्नै हातमा छ । केही नयाँ कुरा तथा कसैको बारेमा टिका-टिप्पणी गर्नु छ भने पनि मज्जाले गर्न सकिन्छ । जुन सुकै विषयमा पनि आफ्नो तर्क स्वतन्त्र रूपमा प्रस्तुत गर्न सकिन्छ । आफुलाई कोही मनपरे फलो र मन नपरे अनफलो गर्न समेत सकिन्छ । टेक्नोलोजीको विकासले सबै कुराहरु सहज र सरल बनाईदिएको छ यो २१औ शताब्दीमा ।
मैले यो सबै भन्नु अथवा लेख्नुको तात्पर्य चाही हाल चर्चामा आईरहेकी नायिका प्रियंका कार्कीको विषयलाई लिएर जुन गालि- गलौजको वर्षाद भईरहेको छ । त्यसकै बिषयमा आफ्नो केही तर्कहरु प्रस्तुत गर्दै छु । हेर्दा सभ्य र आदर्श देखिने हाई प्राेर्फाइलहरुले पनि प्रियंका कार्कीको फोटोहरुमा अति तुच्छ-तुच्छ गाली दिईरहेको देख्छु । अच्चम त के छ भने एक महिलाले अर्को महिलालाई यति घिन लाग्दो शब्द पर्योग गरेको देखिन्छ कि, यस्तो लाग्छ, साच्चै मेरो समाजमा यस्ता पनि मानवहरु छन् है ? यीनीहरु पनि मानव प्रजाति नै हुन् र ?
प्रियंका कार्की : यो समाजको एक पात्र, जसले जे गरेपनि टिका-टिप्पणीको ओईरो लाग्ने गर्छ । किनभने उनी एक नारी हुन्, जस्ले यो समाजमा चलिरहेको रूढिबादी सोचहरुलाई एक सर्कोमा परिवर्तन गर्ने कोशिस गरेकी छिन् । एक महिला जो आफ्नै हेतुले बाच्ने सफल प्रयासमा निरन्तर लागिरहेकी छिन् । होला धेरैलाई यही कुरा नराम्रो लाग्ला तर सबैलाई खुसी बनाउन कहाँ सकिन्छ र ? पहिला एक हिसाबमा अर्थात एकै लहरमा चलिरहेको ग्याम्बर फिल्डले उनी आएपछी पक्कै केही फरक र नयापन पाएकै हो । यो कुरा मैले मात्र हैन, धेरैले मनन गरेका छन् ।
नेपालीहरुलाई लिएर विश्वमा जति नै चर्चा भएतापनि सामाजिक संजालमा भने अरुको तुलनामा धेरै फरक पाउन सकिन्छ । यधपी उनीमा यो लागु हुदैन । हेर्ने हो भने, सामाजिक संजालमा पनि उनको एक मिलियनभन्दा बढी फलोवर्स छन् । उनी नयाँ पुस्ताले धेरै रुचाउने नायिकामा पनि परेको देखिन्छ । उनी धेरैको लागि एक उदाहरणीय पात्र पनि हुन् । हाम्रो समाजमा एकपटक विवाह गरेर छुटिनुलाई नराम्रो नजरले हेरिन्छ । तर उनले समाजको यो साघुरो सोचलाई गलत साबित गर्दै पहिलो विवाहभन्दा दोस्रो विवाह धुमधामले गरिन् । त्यो पनि आफूभन्दा कान्छोसंङ्ग । अंग्रेजीमा यस्तो गर्नेलाई ‘ब्रेकिङ्ग स्टेरियोटाईप’ भनिन्छ ।
माथिको कुरा मात्र नभई अरु धेरै कुराहरु पनि छन् । २०१७ मा उनले पुर्व प्रधानमंत्री सुशील कोईरालाद्धारा NFDC Best Actress (2017) अवार्ड पाएकी पनि हुन् । २०१२ बाट फिल्मी करियर सुरु गरेकी उनले आजसम्म फिल्मी दुनियामा आफ्नो नाम अब्बल बनाईरहेकी छिन् । जब २०१६ मा ‘नाई नभन्नु ल-२’ चलचित्र आयो, उक्त चलचित्र दर्शकद्वारा यति रुचाईयो कि सुरुको पहिलो सातामा नै २० मिलियन कमाएको थियो । साथै उनको अभिनयको पनि निकै चर्चा भएको थियो । अभिनयमा मात्र नभई उनले गायन क्षेत्रदेखी बिभिन्न परिकारहरु बनाउने एवं पकाउनेसम्म आफ्नो क्षमता देखाइसकेकी छिन् ।
पुरुषको कामलाई मात्र काम हो भन्ने यो समाजले महिला पनि केही कुरामा कम छैनन् है भन्ने कुरा उनीबाट प्रष्ट झल्किन्छ । तर यही कुरामा हाम्रो सोंच कहाँ छ त ? हामी मोर्डन भयौ, आफ्नो अस्तित्व गुमायौ भन्छौ तर चल्न चाँही फेरी यही मोर्डन कुराहरुसॅग चलिरहेका छौ ।
हामी हाम्रो बालबच्चा नि राम्रै बोर्डिङ्गमा पढि दिए हुन्थ्यो, अंग्रेजी अब्बल बोलि दिए हुन्थ्यो सोच्छौ ।
हामीले लगाउने कपडादेखी ,खाने , हिड्ने ,बोल्ने कुरा चाही मोर्डन हुनुपर्ने, तर आफुले गरे मात्र ठिक, अरुले गर्यो भने त्यो घिनलाग्दो हो ? किताबमा मात्र पढे-लेखेका भयौ व्यवहारमा हैन है ? जन्मिदै नजन्मिएको बच्चाको नाममा बाजी रे ! तुच्छ गाली रे ! अनि फेरी आदर्श र ज्ञानका कुरा गर्छौ, उफ्फ़ !
R.J Palacio ले पढेलेखेका अर्थात् अरुमाथी आफ्नो अधिकार जमाउन खोज्ने (bullying) मानवहरुलाई लिएर भनेका छन्,
“I wish every day could be Halloween. We could all wear masks all the time. Then we could walk around and get to know each other before we got to see what we looked like under the masks.”
कोही खुसीले बाच्दै छन् भने हामीलाई किन टाउको दुखाई ? एक मुठ्ठी सास बाहेक मरी लानु केही छ त ?
#mannkakura
#मनका_कुरा