मिडल क्लास लाईफ

Bythetruekhabar

१ श्रावण २०७८, शुक्रबार ०५:१७ १ श्रावण २०७८, शुक्रबार ०५:१७ १ श्रावण २०७८, शुक्रबार ०५:१७ #Italk, #Manaka kura, #sadikshya kc

कहिलेकाही म मेरो आमाको साथीहरुको घर जादा, उहाॅहरु आफ्नो व्यवहार र कामको कुरा गर्दा ‘यो मिडल क्लासमा हुनु पनि साह्रै गाह्रो, न गरीब भन्न मिल्छ न धनी, नभई-नभई पनि देखाउनै पर्ने समाज,आफन्त र साथीभाइका अगाडी’ भनेर भन्नुहुन्थयो । आखिरमा नभन्दै हो पनि हामी मध्यम वर्गीयमा यस्तो भुत चढेको छ की आफुसॅग नहोस तरपनि देखाउनै पर्छ, यो कुरा फेरी सबैमा लागु हुदैन कोही आफुसॅग जे छ त्यसमै रहने पनि हुन्छन् ।

मिडल क्लास भन्नाले के बुझनुहुन्छ तपाईहरु???

हुन त सबैको आफ्नो आफ्नै ब्याख्या हुन्छ । तर अलि गहिरिएर भन्नुपर्दा माथिल्लो वर्ग (हाई क्लास ) र काम गर्ने वर्गको बिचको वर्गलाई मिडल क्लास भनिन्छ ।

नेपालमा सय प्रतिशतमा बाईस प्रतिशत मिडल क्लासमा पर्छन भने दक्षिण एसियामा लगायत भारतसॅग तुलना गर्ने हो भने कही कम अथवा केही राम्रो देखिदैन । देशको राजनिती देखी लिएर हरेक स -साना बिजनेस व्यवसाय, जसले गर्दा अर्थव्यवस्था चल्छ यी कुराहरुमा मिडल क्लासको हात छ । साथै दक्षिण एसियामा हाम्रो देश सबै भन्दा छिटो सहरीकरण गर्ने देशको रुपमा चिनिन्छ । गाउॅबाट सहर र सहरबाट अझै बिकसित सहर सर्ने प्रकृया पुर्खाको पाला देखी नै चल्दै आएको एक चलन हो । यसरी सर्नुमा जटिल संयन्त्र छ । सामाजिक , आर्थिक, मनोवैज्ञानिक, राजनीतिक, संस्थागत र अन्य निर्धारकहरुले गर्दा मानिस एक भुगलबाट अर्को भुगल पुग्छ ।

मिडल क्लासलाई यी तिन कुराहरुले जनाउछ,

जस्तै :

१ – पैसा अथवा नगदको हिसाबले ( महत्वपूर्ण आय, धन , गरीबीबाट मुक्त , आर्थिक संसाधनहरु नभएर)

२ –संस्कृति (बोली बचन र व्यवहार र सोचने तरीका )

३- पत्यारपत्र( शिक्षाको उपलब्धी , योग्यता र व्यावसायिक स्थिती )

तर यी सबै कुराहरुमा कुनै न कुनै कुराहरु मिडल क्लासमा हुन्छ पनि । अनी यही विषयहरु हासील गर्नको लागि नै रातदिन नभनी काम गर्नुपर्ने हुन्छ । तपाईले देख्नु र भोग्नु पनि भएको होला आफ्नो सपना साकार नभएपनि आफ्ना छोराछोरीहरुको सपना पुरा गर्न आमाबुबा, लगतै परिवारको एक सद्स्य विदेसिन्छन , बैकबाट ऋण लिन्छन र त्यहीबाट घर बनाउछन, गाडी किन्छन, राम्रा राम्रा लुगा लगाउछन र मिठो मिठो खान्छन । एक मिडल क्लासकोले त्यस्तो गरेको अर्कोले देख्यो भने उसले पनि त्यही गर्न थाल्छ । अझ बोल्ने लवाज र भाषाको कुरा गरुम भने जुन राजदरबारमा अथवा ठुलाबडाले बोलिने बोलि (आईबकसियोस , खाईबकसियोस) आदी इत्यादी भाषा छ, त्यो छोटकरीमा आईसियो र गईसियो भैइसक्यो । मेरो नेपाली पढाउने गुरुले भन्नुहुन्थयो आफनो स्तर बनाउन यी मिडल क्लासले भाषा नै बिगारिसके । कसैले बोलेको थाहा पायो भने पनि रिसाउनुहुन्थयो । हामी चै हास्थिम जोडजोडले ।

यस्तै धेरै छन् मिडल क्लासका किस्साहरु… आउनुस सुरु गरुम, यी सबै तपाई, हामी मिडल क्लासमा जो जति छौ उनीहरुकोमा हुने गरेका किस्साहरु हुन ।

– यदी दाॅत माज्ने मन्जन सकियो भने त्यसलाई निचरेर अथवा काटेर प्रयोग गरिन्छ ।

– शैम्पु सकियो भने त्यसलाई काटेर निकालेर लगाईन्छ ।

– भान्साकोठा साथै घर सफा गर्नको लागि पुरानो टालो (कपडा) प्रयोग हुन्छ ।

– कोका -कोला र पेप्सीको बोतलमा खानेपानी र विभिन्न बट्टाहरुमा मसला हालेर राखिन्छ ।

– आफुभन्दा साना भाई बहिनीलाई आफुले लगाएको र सानो भएको लुगा दिने गरिन्छ ।

– कतैबाट केही सामान ल्याईयो भने जुन प्लास्टिक हुन्छ त्यो अर्को ठुलो भित्र हालेर राखिन्छ ,फेरी प्रयोगको लागि ।

यस्तै धेरै छन् जुन सत्य र साचो हुन् । हामी मध्यम वर्गका मानिसहरु केहि पनि फाल्तु देख्न सक्दैनौ भने अलि रचानात्मक पनि हुन्छौ । जोगाउने कुरामा हामी कहिल्यै चुक्दैनौ । न धनि भएर जिउने न त गरिब तरपनि सबैको आफ्नै सपना , कथा र काहानी । मिडल क्लासबाट नै आएर पनि संसारमा आफ्नो नाम राख्ने थुप्रै उदाहरण पनी छन् । जस्तै बाराक ओबामा ,म्यारी बारा , कमला हया्रिस ,अमिताभ ब्चचन ,सारुख खान आदी थुप्रै ।

मिडल क्लास लाईफलाई लिएर पोलिस सोसयोलोजिस्ट  Zagmunt Bauman ले भनेका छन् ।

Middle class people, the bourgeoisie, they are also feeling frightened at the moment . Some fear losing their fortunes ; some go bankrupt ; some are thinking about suicide . They don’t know if they will retain the beautiful house that they brought ,or what will happen to the five family cars.

यी भनाई केहि हद सम्म हो भने केही हद सम्म नहुन पनि सक्छ , भन्नेले भन्दै गर्छन अनि जिन्दगी?
जिन्दगी चलिरहन्छ खोला ,हावा र पानी झै ।

सदिक्षा के.सी.

Leave a Reply

Your email address will not be published. Required fields are marked *