बर्षाले मेवा खेती नष्ट हुँदा दुईजना किसानको ९ लाख रुपैयाबढीको लगानी नष्ट भएको छ । जीतुरसिमरा उपमहानगरपालिका १७ का वडा सदस्य एवं जैतापुरका किसान संचराम थिङ्ग र उनका भतिजाले एक विगाहबढीमा लगाएको मेवा खेती बर्षाका कारण नष्ट भएको हो ।
कोराना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण बालि विमा गर्न पाईएन, थिङ्गले भने । गतसाता लगातार झरि प¥यो । झरि हटेसँगै मेवाका बोट एकाएक मर्न थाले । राम्रै होला भन्ने आशा थियो । पानिले बर्वाद बनायो, वडा सदस्य थिङ्गले सुनाए । उनका अनुसार झरिले खेती नष्ट गर्दा करिब ९ लाख बढीको क्षेती भायो । लगातारको बर्षाको पानि जम्दा फुल्दै गरेका मेवाका ८० प्रतिशत विरुवा मेरेका हुन् ।
स्थानिय सहकारीबाट कर्जा लिएर भारतमा उत्पादित उन्नत जातको मेवाको विउ प्रति १ सय ६० रुपैंयाको दरमा खरिद गरि २ हजार ३ बोट रोपेका थियौं । “ तीन महिना अघि लगाईएका ती विरुवा फुल्न थालेका थिए । यही बेला लगातर बर्षा भयो । बर्षा रोकिपछि चर्को घाम लग्यो । मेवाका विरुवा त भटाभट मरेर बर्वाद भयो । विरुवा, ज्याला , खनजोत र सिंचाई समेत गर्दा एक विगाहमा ९ लाखबढीको क्षेती भयो” उनले भने ।
बर्षाको पानि निकासका लागि ड्याङ्ग बनाउन खेताला खोज्दै थिंए । अचानक पानि पर्न थाल्यो । सोही पानि जम्यो । निकास दिन सकिएन । घाम लागेसँगै विरुवा मर्न थाले अर्का किसान तामबहादुर तामाङ्गले सुनाए । बालि विमा गर्न कागजात तयार थियो । कोरोना महामारी बढेर सरकारले निषेधाज्ञा जारी ग¥यो । विमा गर्न पाइृएन । संभव पनि भएन । जस्का कारण ठुलो नोक्सानी सहनु पर्ने भयो उनले सुनाए ।
जीतपुरसिमरा उपमहानगरलिकाको कृषि शाखाकी कृषि प्राविधक राधिका भारतीका अनुसार मेवा खतीमा पानिको ब्यवस्थापन महत्वपूर्ण हुने गर्दछ । तर सबैकुरा भने जस्तो हुँदैन ।
मेवाका विरुवा मर्नुका पछाडीको मुख्यकारण नै पानि जम्नु भयो । धेरैदिन पानि प¥यो अनी अचानक चर्को घाम लाग्यो । यस्तो अवस्थामा विरुवाका जरा कुहिने रोग लागरे क्षेती हुन गएको उनले बताईन् ।