इंग्लिस प्रिमियर लिगमा आज ८ खेलहरु हुँदै

Bythetruekhabar

२६ भाद्र २०७८, शनिबार ०७:०८ २६ भाद्र २०७८, शनिबार ०७:०८ २६ भाद्र २०७८, शनिबार ०७:०८ #english premier league, #Premier League

इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) ८ खेलहरु हुँदैछन् । पहिलो खेल म्यानचेस्टर सिटी र लेस्टर सिटी बिच हुँनेछ । लेस्टर सिटीको घरेलु मैदानमा हुने उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

म्यानचेस्टर युनाईटेड र न्युकासल युनाईटेड बिच पनि राति ७ः४५ बजे खेल सुरु हुनेछ । यस खेलमा १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । चेल्सीको घरेलु मैदानमा हुने खेलमा १०ः१५ बजे चेल्सी र एस्टन भिल्ला खेल्दैछन् । आजै राति क्रिस्टल प्यालेस र टोटेनहमबीच पनि प्रतिस्पर्धा हुनेछ । आर्सनलले नर्विच सिटीसँग घरेलु मैदानमा खेल्नेछ । साथै ब्रेन्टफोर्डले ब्राइटन सँग वाट्फोर्डले उल्भ्स, तथा साउथह्याम्पटनले वेस्ट ह्यामसँग आजै खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *