प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने (नामावलीसहित)

Bythetruekhabar

३० भाद्र २०७८, बुधबार १४:१० ३० भाद्र २०७८, बुधबार १४:१० ३० भाद्र २०७८, बुधबार १४:१० #journalism, #journalist, #nepal press council, #PRESS COUNCIL, #press council nepal

प्रेस काउन्सिल नेपालले ३० जनाभन्दा बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस बर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’ लाई प्रदान गर्ने निर्णय गरेको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ । आचारसंहिता पुरस्कार, सशक्त संचारकर्मी पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, क्रियाशील पत्रकारिता पुरस्कार, युवा पत्रकारितालगायतका पुरस्कार प्राप्त गर्ने पत्रकारको नामावली पनि काउन्सिलले सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *