आईपीएलका बाँकी खेल आजदेखि

Bythetruekhabar

३ आश्विन २०७८, आईतवार ०३:१५ ३ आश्विन २०७८, आईतवार ०३:१५ ३ आश्विन २०७८, आईतवार ०३:१५ #indian premier league cricket, #IPL, #mumbai, #UAE

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टीका बाँकी खेलहरु आज (आइतबार)बाट सुरु हुँदैछ । कोरोना महामारीका कारण रोकिएका आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ ।

दुबईमा हुने चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् । प्लेअफमा पुग्न आजको खेलमा दुबै टोलीलाई जित आवश्यक छ । पहिलो खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले पराजित गरेको थियो । यसअघिको खेलमा चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *