ओमानमाथि नेपालको सानदार जित

Bythetruekhabar

३ आश्विन २०७८, आईतवार १५:३२ ३ आश्विन २०७८, आईतवार १५:३२ ३ आश्विन २०७८, आईतवार १५:३२ #cricket team, #nepali cricket team

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । ओमनले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । मल्लले ४६ बलमा नटआउट ५२ रन बनाए । त्यस्तै आसिफ शेख ४०, कुशल भुर्तेल र राेहित पाैडेल समान ६–६ रन बनाएर आउट भए । यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे थियाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए ।

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् । जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित नामिबियालाई पछि पार्दै चाैथाे स्थानमा उक्लिएकाे छ । ओमान १३ खेलमा २० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।

सात टोली रहेको लिग–२ मा एक टोलीले नाै शृङ्खलासहित कुल ३६ खेल खेल्ने छन् । लिग–२ मा शीर्ष हुने तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्व कप छनोटमा स्थान बनाउने छन् । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *