ईपीएल : काठमाडौँसँग ललितपुर पराजित

Bythetruekhabar

९ आश्विन २०७८, शनिबार १०:३८ ९ आश्विन २०७८, शनिबार १०:३८ ९ आश्विन २०७८, शनिबार १०:३८

एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले पहिलो खेलमा नै साविक विजेता ललितपुर प्याट्रियोट्सलाई सात विकेटले पराजित गरेको छ ।

जिम्बावेका ब्याटर रयान बर्ल र अफगानिस्तानका विकेकिपर रहमानउल्लाह गुरबाजको उत्कृष्ट ब्याटिङमा काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) सानदार विजयी सुरुवात गरेको हो । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको पूरा गरेको छ।

No description available.
काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाएका छन् । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन कायम गरेका छन् । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *