चर्चित भारतीय गायिका लता मंगेशकरको निधन

Bythetruekhabar

२३ माघ २०७८, आईतवार १०:१९ २३ माघ २०७८, आईतवार १०:१९ २३ माघ २०७८, आईतवार १०:१९ #lata mangeswor

चर्चित भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ।  २८ सेप्टेम्बर १९२८ मा जन्मिएकी उनले ९२ वर्षको उमेरमा निधन भएको हो । कोकिलाको नामले परिचित लता मंगेशकरको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो ।

शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको जानकारी चिकित्सकहरुले दिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् । लताले ८ दशक सांगीतिक करियरका क्रममा विभिन्न ३६ भाषाका ५० हजार बढी गीत गाइसकेकी छिन् । उनले केही नेपाली गीतहरु पनि गाएकी छिन् । सन् २००१ मा उनलाई भारतको सबैभन्दा प्रतिष्ठित विभुषण भारत रत्नबाट सम्मानित गरिएको थियो । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी भैरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *