माइती नेपाल द्वारा कृष्णनगरमा सार्वजनिक छलफल कार्यक्रम सम्पन्न

ByTHE TRUE KHABAR

२३ माघ २०७८, आईतवार १५:२८ २३ माघ २०७८, आईतवार १५:२८ २३ माघ २०७८, आईतवार १५:२८

मानव वेचबिखनवाट पिडित तथा प्रभावित हरूको सहयोगका लागी बार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।बेचब कार्यक्रममा शुभकामना मन्तव्य कृष्णनगर नगरपालिका महिला तथा वालबालिक शाखा प्रमुख थुमा देवी उपाध्यायले राख्नुभयो ।

विभिन्न संघ संस्था, प्रहरी, मानव बेचबिखनवाट पीडित व्यक्ति, कर्मचारी, पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वालाहरूको बिचमा मानव बेचबिखनवाट पिडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव बेचबिखनका कारणहरू, मानव बेचबिखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचबिखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल रूपन्देही तथा कपिलवस्तु जिल्लाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रकाश पार्नुभयो।

कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो। कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *