सिड्नीमा प्रदर्शनमा आउॅदै “म यस्तो गीत गाउॅछु २”

Bythetruekhabar

६ असार २०७९, सोमबार ००:२१ ६ असार २०७९, सोमबार ००:२१ ६ असार २०७९, सोमबार ००:२१

२०७८ सालको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’ अब ऑस्ट्रेल्याको मुटु सिड्नीमा प्रदर्शन हुने भएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको वितरण गर्दै आएको नेपसिने संगको सहकार्यमा “कलर्स अफ नेपाल ईभेंट कम्पनी” ले सिड्नीको प्रदर्शन अधिकार किनेको हो । नेपसीने संगको पहिलो सहकार्य फिल्म वितरण बाट सुरु गरेर अरु पनि प्रोजेक्टहरु आऊने कलर्स अफ नेपाल ईभेंट कम्पनी का संस्थापक तथा सीईओ बिक्रम पौडेल ले जनाएका छन ।

नेपालीहरूको बस्ती रहेको हर्स्टविल को सिविक थीयटर मा जुलाई ९, शनिबार को दिन साँझ ६ बजे बाट फिल्म प्रदर्शन हुने कलर्स अफ नेपाल ईभेंट कम्पनी का पौडेलले जानकारी दिए । सिड्नीमा नेपालीहरूको संख्या राम्रो भएकोले ‘म यस्तो गीत गाउँछु २’ को सिड्नीको प्रदर्शन अधिकार खरिद गरेको कलर्स अफ नेपाल ईभेंट कम्पनी का पौडेलले बताए । सिड्नी प्रदर्शनमा पनि फिल्मले दर्शकको राम्रो साथ पाउने उनको विश्वास छ । साथमा जुलाई ८, शुक्रबारका दिन “मीट एंड ग्रीट” कार्यक्रम मा सुदर्शन थापा, पूजा शर्मा, दिनेश डीसी र नेपसीनेका सीओओ तथा ‘म्यूज़िक विडीओ डिरेक्टर्ज़ गिल्ड अफ नेपाल’ का प्रेसिडेंट बिधान कार्की समेतको उपस्थिति हुने कलर्स अफ नेपाल ईभेंट कम्पनी का पौडेलले जानकारी दिएका छन ।

सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको अभिनय छ । निर्मात्री तथा अभिनेत्री पूजा शर्माको नेपालमा जस्तै विदेशमा पनि दर्शकहरुले फिल्मलाई मन पराउने विश्वास छ । यो लभस्टोरी फिल्ममा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *