5सिड्नी
१० सेप्टेम्बर २०२२
अष्ट्रेलियाको सिड्नीमा मे १ तारिखबाट क्याम युथ एसोसियसनको आयोजनामा भएको क्याम प्रिमीयरलिग क्रिकेट प्रतियोगीताको फाइनल भोली ११सेप्टेम्बरको दिन आइतबार दिउॅसो १२ बजेबाट हुन गइरहेको छ । उक्त फाइनल बुद्दभुमि क्रिकेट क्लब र वेस्ट युनाइटेड क्रिकेटक्लब बिच खेलिनेछ ।
सिड्नी को होमबुस स्थित ब्रेसिंगटन पार्कमा फाइनल खेल हुने आयोजक समितिले जनाएको छ। यस प्रतियोगीताको मीडीया पार्टनरका रूपमा The True Khabar रहेको छ।
प्रतियोगीताको विजयी टिमले ५ हजार डलर नगद पुरष्कारका साथै मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले २हजार डलर नगद, मेडल, र ट्रफीपाउनेछन् । म्यान अफ द टुर्नामेन्टले भने ५००$ नगद, सर्टिफिकेट र ट्रफी प्राप्न गर्नेछ । उक्त पुरष्कारको प्रायोजक सफल एजुकेशन एण्ड भीजा सर्भिसेज रहेको छ।
हालसम्म सर्वाधिक रन बनाउने खेलाडीमा ३१२ रनकासाथ जिएनआर रक्सका साहिल खान पहिलो स्थानमाछन् भने २३८ रन सहित वेस्ट युनाइटेडका सन्दिप शर्मा दोस्रो स्थानमा छन् । त्यसैगरी वेस्ट युनाइटेडकै विशाल मण्डल १७ विकेट लिॅदै सर्वाधिक विकेट लिने सुचिको पहिलो स्थानमा छन् भने १४ विकेट लिएर वेस्ट युनाइटेडकै मौसफ राना दोस्रोमा छन् ।
फाइनल खेलको प्रत्यक्ष प्रसारण क्याम युथ एसोसिएसनको आधिकारिक फेसबुक पेज र युटुबच्यानल मार्फत गरिन्छ। प्रत्यक्ष प्रसारणमा स्कोर ग्रयाफिक्स, लाइब कमेन्टरी (अॅग्रेजी र नेपाली) आदि विषेस्ता रहेका छन् ।
उक्त टुर्नामेन्ट को मुख्य उदेश्य नेपाली समुदायमा सद्भाव, युवा वर्गहरूको क्रिकेटमा संलग्नता बढाउन, डिप्रेसन जस्ता समस्यालाई उन्मुलन गर्न का साथै भविष्यमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली युवा खेलाडीहरू पहिचान गर्ने रहेको क्यामयुथ एशोसिएसनका अध्यक्ष मुस्कान पाण्डेको भनाईछ।
यस टुर्नामेन्टको टाइटल स्पोन्सर Kingston Institute of Australia, स्पोनसरहरूमा Sambandha Nepalese Fusion र Safal Education and Visa services रहेको छ । मिडिया पार्टनरहरूमा Everest Tv, Cosmos studios र The true khabar रहेका छन् । त्यसैगरी Apeiro Institute, Sneakies kitchen, Smartline Personal Mortgage Advisers, Winners Circle Media, WINNERS CIRCLE, AUSPALI – JOBS & ENTERTAINMENT, SC Transport, Stay Clean Australia Pty Ltd, ABK Lawyers हरूको विशेष सहयोग रहेको छ।
के हो त क्याम युथ एशोसिएसन ?
क्याम युथ एशोसिएसन २०१९ मा स्थापना भएको गैरनाफामुलक संस्था हो । यस संस्थाले अन्तराष्ट्रिय विद्यार्थीहरूका हक–हितका लागी काम गर्दै आइरहेको छ। यस संस्थाले एयरपोर्ट पिकअप, काम र कोठा खोज्न विद्यार्थीहरुको मदत गर्दै आइरहेको छ। यसले युवा वर्गलाई खेलकुद तर्फ आकर्षित गर्न मुख्य भुमिका निर्वाह गरिरहेको छ। यसबाहेक यस संस्थाद्वारा २०१९मा रबि लामिछाने फाउन्डेसनद्वारा निर्माणाधिन रासकोट सामुदायिक अस्पतालको निम्ती सहयोग रकम संकलनपनि गरेको थियो।