एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

Bythetruekhabar

१४ असार २०८१, बिहीबार ०३:५८ १४ असार २०८१, बिहीबार ०३:५८ १४ असार २०८१, बिहीबार ०३:५८ #SEE Result, #see result of 2080 published

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने छन् भने झण्डै ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ (एनजी) भएका छन् ।

बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले  जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोजी प्रा.लि.मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी प्रालि ३५००१ मा कोडमा, इजी सर्भिस प्रालिमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड राखेर एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *