बालकोटमा ओली-देउवाबीच भेटवार्ता

Bythetruekhabar

१७ असार २०८१, आईतवार ०४:५९ १७ असार २०८१, आईतवार ०४:५९ १७ असार २०८१, आईतवार ०४:५९ #Dewa meet KP Oli in Balkot

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवासमा शनिबार उनीहरूबीच भेटवार्ता भएको हो। बालकोट स्रोतका अनुसार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको स्रोतको भनाइ छ। राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने बहस भइरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्णरूपमा हेर्न सकिन्छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचनलगत्तै एमालेको समर्थनबाट प्रधानमन्त्री बनेका थिए। राष्ट्रपतिको निर्वाचनअघि कांग्रेससँग काँध फेरेका प्रधानमन्त्री दाहाल फेरि पुरानै गठबन्धन अर्थात् एमालेसँग सहकार्य गर्न पुगेका छन्। प्रधानमन्त्री दाहालले पालैपालो काँध फेर्दा राजनीतिक स्थायित्व नहुने भन्दै शीर्ष नेतृत्वको आलोचना हुँदै आएको छ। यद्यपि, प्रधानमन्त्री दाहालले एमालेसँगको सहकार्य ५ वर्ष जाने बताइरहेका छन्। एमाले नेताहरूले पनि आफूहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *