रिलायन्स स्पिनिङको बुक विल्डिङबारे लेखा समितिले धितोपत्र बोर्डसँग माग्यो स्पष्टीकरण

Bythetruekhabar

२६ असार २०८१, मंगलवार १६:३५ २६ असार २०८१, मंगलवार १६:३५ २६ असार २०८१, मंगलवार १६:३५ #reliance spinning mills ipo

वित्तीय विवरणका कारण विवादमा आएको रिलायन्स स्पिनिङ मिल्सको बुक विल्डिङ प्रक्रियामार्फत् जारी गर्न लागेको आइपिओबारे संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ।

अहिलेकै अवस्थामा कम्पनीले तोकेको मूल्यमा आइपिओ जारी गर्न दिँदा सर्वसाधारण लगानीकर्ता ठगिन सक्ने भन्दै समितिले यस सम्बन्धी विस्तृत विवरण पेश गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

लेखा समितिले पत्रमा लेखेको छ, ‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ। यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने?’

कम्पनीको मूल्य के आधारमा तय गरिएको हो? बुक विल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ? भन्ने प्रश्नको जबाफ ७ दिनभित्र दिन समितिले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *