नेपालले अमेरिकामा खेल्ने सिरिजको खेल तालिका र मैदान तय

Bythetruekhabar

२८ भाद्र २०८१, शुक्रबार ०२:३५ २८ भाद्र २०८१, शुक्रबार ०२:३५ २८ भाद्र २०८१, शुक्रबार ०२:३५ #Nepalese Team
Nepal Cricket Team

आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ।

क्यानडामा हुने सिरिज सेप्टेम्बर १६  (भदौ ३१ गते) देखि सुरू हुँदैछ। त्यहाँ नेपालले सेप्टेम्बर २४ (असोज ८) सम्म लिग-२ को सिरिज खेल्दैछ। त्यसपछि अक्टोबर २ (असोज १६) गतेसम्म टी-२० सिरिज हुनेछ।

क्यानडामा खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ।

अमेरिका भ्रमणमा पनि नेपालले लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।

लिग-२ को सिरिज अमेरिकाको टेक्सासस्थित ह्युस्टनको प्रिएरी भ्यूमा हुने तय भएको छ। सबै खेल अमेरिकाको स्थानीय समयअनुसार विहान १०:३० र नेपाली समयअनुसार राति सवा १० बजे सुरु हुनेछ।

 

तालिकाअनुसार लिग-२ नेपालले २७ अक्टोबरमा (कात्तिक ११) अमेरिकासँग, २९ अक्टोबरमा (कात्तिक १३) स्कटल्यान्डसँग, २ नोभेम्बरमा (कात्तिक १७) फेरि अमेरिकासँग र अन्तिम खेलमा ४ नोभेम्बरमा (कात्तिक १९) स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

लिग-२ को एकदिवसीय सिरिज पछि तीनै टोलीबीच टी-२० सिरिज हुनेछ।

लिग-२ मा अहिलेसम्म नेपालले पहिलो सिरिजको चार खेल खेलेको छ। जसमा नेपालले एक खेलमा मात्र जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *