संक्रमण र मृत्युदर घट्दै, निको हुने क्रम बढ्दै

Byadmin

३१ जेष्ठ २०७८, सोमबार ०३:२२ ३१ जेष्ठ २०७८, सोमबार ०३:२२ ३१ जेष्ठ २०७८, सोमबार ०३:२२

सेती अस्पतालमा जेठ २० गतेअघिसम्म कोभिड–१९ का बिरामी भर्नाका लागि ठाउँ खाली थिएन । त्यसपछिका दिनमा निको हुने क्रम बढ्दै गयो । अहिले २२ जना मात्रै अस्पतालमा भर्ना छन् । आईसीयूमा १० र भेन्टिलेरमा एक जना मात्रै छन् ।

सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार पछिल्लो सातामा ह्वात्तै संक्रमण दर १५/२० प्रतिशतले तल झरेको छ । सेती प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गराउनेहरूको संख्यामा २० गतेपछि ३० र ३५ प्रतिशतमा हाराहारीमा झरेको छ । यसअघि अस्पतालको तथ्यांकअनुसार ४८ प्रतिशतसम्म संक्रमण दर पुगेको थियो । उनले २० गतेपछि परीक्षण भएका १ हजार ९०३ जनामध्ये ५ सय ९० जनामा कोरोना पुष्टि हुनुले ३५ प्रतिशतमा देखिएको बताए । वैशाख १५ गतेदेखि औसतमा दैनिक ४ /५ जना बिरामीको मृत्युदर जेठ २८ गते शून्यमा झरेको छ । जेठ २० पछि ११ जनाको मात्रै मृत्यु भएको छ ।

सेती अस्पतालमा मात्रै होइन सुदूरपश्चिमका महाकाली, टीकापुर र पहाडी जिल्लाका अस्पतालमा समेत कोरोना संक्रमित उपचारका बेडहरू खाली हुन थालेका छन् । अस्पतालमा बिरामी भर्नाको संख्या घटिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार महाकालीमा २१, टीकापुरमा १८, डडेलधुरामा १३, दार्चुलामा ७ बैतडीमा ४, बझाङमा २ जना गरी १ सय ३ जना अन्य अस्पतालमा कोभिडका बिरामी भर्ना भएका छन् । आईसीयू र भेन्टिलेटरमा महाकालीमा ३ र टीकापुरमा ३ जना भर्ना छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले पछिल्लो एक सातादेखि देश र विश्वव्यापी रूपमा कोरोना संक्रमितको दर घटेका बेला यस प्रदेशमा पनि घटेको बताए । ‘परीक्षण गर्न आउनेको संख्या पनि घटेको छ,’ उनले भने, ‘जटिल प्रकारका बिरामी पनि कम हुँदै गएकाले अस्पतालमा चाप पनि घटेको हो ।’ सुदूरपश्चिम प्रदेश, कोरोनाको दोस्रो लहरले बढी प्रभावित भएको थियो । प्रदेश निर्देशनालयका अनुसार कोरोनाको दोस्रो लहरले ३ सय ५० भन्दा बढीको मृत्युको देखिन्छ । वैशाख पहिलो सातादेखि सुदूरपश्चिममा कोरोनाको दोस्रो लहर चलेको थियो । निर्देशनलायका अनुसार कोरोनाका कारण सुदूरपश्चिम प्रदेशभित्रमा हालसम्म ४२ हजार ६४० जनामा कोरोना पुष्टि भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *