कुवेतलाई २२ रनमा अलआउट गरेको नेपालको लगातार दोस्रो जित

Bythetruekhabar

२२ कार्तिक २०८१, बिहीबार ०९:०६ २२ कार्तिक २०८१, बिहीबार ०९:०६ २२ कार्तिक २०८१, बिहीबार ०९:०६ #Kuvetlai 22 Ranma Alout Gareko Nepal's second consecutive win

आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ। नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

यसअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

बिहीबार युएईको अजमानस्थित द सेभन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन जोड्यो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन्। रनआउट हुनुअघि उनले ३८ बलमा ४ चौका प्रहार गरिन्।

ओपनर सना प्रविनले २५ रन, ज्योत्स्निका मरासिनीले २३ रन र अलिसा कुमारी यादवले १५ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

खेलमा नेपालका चार ब्याटर रनआउट भएका थिए। बलिङमा कुवेतकी आयसा एकबालले दुई विकेट लिइन्।

नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो। कुवेतका लागि ओपनर जीफा जिलानीले सर्वाधिक १२ रन जोड्दा अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए।

बलिङमा नेपालका रचना चौधरी र सीमा केसीले २-२ विकेट लिए। रचनाले २ ओभरमा १ रन खर्चदा सीमाले दुई ओभरमा कुनै रन दिइनन्। पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले १-१ विकेट लिए।

अब नेपालले तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ। फेरि नेपालले थाइल्यान्ड, कुवेत र  युएईसँग दोस्रो लेग खेल्नेछ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ।

यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आगामी जनावरीमा मलेसियामा आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *