शीर्ष स्थानको लिभरपुललाई ५ अंकको अग्रता

Bythetruekhabar

२५ कार्तिक २०८१, आईतवार १०:०५ २५ कार्तिक २०८१, आईतवार १०:०५ २५ कार्तिक २०८१, आईतवार १०:०५ #Libharpullai leads by 5 points

ग्लिस प्रिमियर लिग लिडर लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ।

गएराति एस्टन भिल्लालाई पराजित गर्दै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५ अंकको अग्रता बनाएको हो।

११ खेलबाट लिभरपुलले २८ अंक जोडेको छ। समान खेल खेलेको सिटीको २३ अंक छ।

एन्फिल्डमा एस्टन भिल्लालाई पराजित गर्दा डार्विन नुनेज र मोहम्मद सलाहले एक/एक गोल गरे।

नुनेजले २० औं मिनेटमा गोल गर्दा पहिलो हाफमा १-० गोलले अग्रता लिएको लिभरपुलका लागि सलाहले ८४ औं मिनेटमा निर्णायक गोल गरे।

गएरातिकै खेलमा सिटी ब्राइटनसँग पराजित भएपछि लिभरपुलले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको हो।

एस्टन भिल्ला १८ अंकका साथ आठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *