चितवनमा बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु

Bythetruekhabar

२३ कार्तिक २०८१, शुक्रबार ०७:२४ २३ कार्तिक २०८१, शुक्रबार ०७:२४ २३ कार्तिक २०८१, शुक्रबार ०७:२४ #Four killed in bus hit by bus in Chitwan

चितवन : चितवनको भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको |

आज बिहान मुग्लिङबाट  नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको  इलेक्ट्रिक  हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको  बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार हायसमा सवार गोरखा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी एक महिला, दुई पुरुषको मृत्यु भएको होदुर्घटनामा बसमा सवार ४ जना र हाइसमा सवार दुई जना घाइते भएका छन्। सहचालक भोज बिक्रम शाहसमेत घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उ.म.न.पा-९ का सुर्य विक्रम बिष्टलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *