थाइ एयर एशियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

Bythetruekhabar

२३ कार्तिक २०८१, शुक्रबार ०९:४१ २३ कार्तिक २०८१, शुक्रबार ०९:४१ २३ कार्तिक २०८१, शुक्रबार ०९:४१ #Thai Air Asia starts commercial flights to Bhairahawa airport

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयर एशियाले व्यावसायिक उडान सुरु गरेको छ । दिउँसो १ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजमा ७ यात्रु थाइल्याण्डबाट आएका थिए ।

भैरहवाबाट ३२ यात्रु बैंकक प्रस्थान गरेको विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए ।

यसअघि एयर एशियाले कात्तिक १८ गते आइतबार उडान गरेको थियो । त्यस बेला जहाजमा चालक दलका सदस्य मात्र थिए । अब भने थाइ एयर एशियाले प्रत्येक सोमबार र शुक्रबार उडान गर्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *