बागमती प्रदेश बजेट : आमाबाबु गुमाएका बालबालिकालाई मासिक भत्ता

Byadmin

१ असार २०७८, मंगलवार १६:०६ १ असार २०७८, मंगलवार १६:०६ १ असार २०७८, मंगलवार १६:०६

बागमती प्रदेश सरकारले आमाबाबु गुमाएका बालबालिकालाई मासिक शैक्षिक तथा सामाजिक सुरक्षा भत्ता दिने भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत कोभिड-१९ बाट आमाबाबु गुमाएका बालबालिकाका लागि मासिक रु. ३ हजार भत्ताको व्यवस्था गरेको हो।

कोरोना बाहेकका कारणबाट आमाबाबु गुमाएका बालबालिकाका लागि मासिक रु. २ हजार शैक्षिक तथा सामाजिक सुरक्षा भत्ताका लागि बजेट विनीयोजन गरिएको हो।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा महामारी, संक्रामक रोग, प्राकृतिक प्रकोप, स्वास्थ्य कृषि, पूर्वाधार विकास र लगानीको उत्पादनशीलता बृद्धिलाई प्राथमिकता दिइएको छ।

मन्त्री ढुङ्गेलले रु.५७ अर्ब ७२ करोड बराबरको बजेट प्रस्तुत गरेका हुन। जसमध्ये पुँजीगततर्फ ३० अर्ब र चालु खर्चतर्फ २६ अर्ब विनीयोजन गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *