मैदानमा दीपेन्द्रको तूफान, सुदूरपश्चिम रोयल्सको शान

Bythetruekhabar

१८ मंसिर २०८१, मंगलवार १७:०६ १८ मंसिर २०८१, मंगलवार १७:०६ १८ मंसिर २०८१, मंगलवार १७:०६ #Sudur Pakchim beat Biratnagar kings

१८ मंसिर, काठमाडौं । ‘मैदानमा तूफान, सुदूरको शान’ सुदूरपश्चिम रोयल्सको गीतले यस्तै भन्छन् । यही गीत जस्तै सुरूवात भयो नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको । ‘मैदानमा दीपेन्द्रको तूफान, किंग्समाथि रोयल्सको शान’ यस्तै भयो खेलको नतिजा ।

कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी इनिङ्स खेल्दै टिमलाई राम्रोसँग नेतृत्व दिएर अघि बढाए । त्यसमा अन्य खेलाडीहरुले पनि राम्रो साथ दिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले मंगलबार विराटनगर किंग्सलाई ९० रनले पराजित गर्दै सानदार सुरूवात गर्‍यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रको अविजित ५७ रन मद्दतमा १८२ रन बनाएको थियो । विपक्षी टिमलाई ९२ रनमा अलआउट गर्दै ९० रनको फराकिलो अन्तरले खेल जित्यो ।

बलिङमा न्युजिल्याण्डका स्कट कुगेलेइनले र अविनाश बोहराले ३-३ विकेट लिए । अलराउण्डर ब्राण्डन म्याकमुलेनले पनि किफायती बलिङ गर्दै ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *