फिल्मको व्यवसाय उकालो लागेसँगै बढे सिनेमा हल

Bythetruekhabar

२० मंसिर २०८१, बिहीबार १४:०७ २० मंसिर २०८१, बिहीबार १४:०७ २० मंसिर २०८१, बिहीबार १४:०७ #Cinema halls increased with the increase in film business.

काठमाडौँ । पछिल्लो समय फिल्मको व्यवसाय बढेसँगै फिल्म हलको सङ्ख्या पनि बढेको पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार हाल देशभर १५८ फिल्म हल सञ्चालनमा छन् ।

नेपाल चलचित्र संघ (हल सञ्चालकहरूको संगठन)ले गत जेठमा देशभर १३८ फिल्म हल सञ्चालनमा रहेको जनाएको थियो । विकास बोर्डका अनुसार गत जेठदेखि मंसिरसम्म आउँदा २० वटा फिल्म हल बढेको देखिएको छ । जेठ यता हलको सङ्ख्यामा १४ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । तीमध्ये केही नयाँ खुलेका हुन् भने केही बन्द रहेका पुराना फिल्म फेरि सञ्चालनमा आएका हुन् ।

नेपाल चलचित्र विकास बोर्डका अनुसार नेपालमा अहिलेसम्म ४४९ फिल्म हल (मल्टिप्लेक्सका प्रत्येक पर्दालाई हलको सङ्ख्यामा गणना गर्दा) सञ्चालनमा आएको रेकर्ड छ । तर, अहिले १५८ हलमात्र सञ्चालनमा छन् ।

नेपाली फिल्मको व्यवसाय उकालो लागेसँगै अहिले फिल्म हल पनि थपिएको नेपाल चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ बताउँछन् ।

‘पछिल्लो ४/५ महिनामा केही नयाँ हल थपिएका छन् । पुराना हलसमेत केही सञ्चालनमा आएका छन्’, कायस्थले भने ‘यद्यपि दर्शक अनुसार अझै हल पुगेको छैन । दर्शक अनुसार फिल्म हल र सिटको क्षमता नभएकाले राम्रो फिल्म चल्दा राति पनि शो लगाउनु परेको छ ।’

कुन प्रदेशमा कति हल ?
चलचित्र विकास बोर्डका अनुसार अहिले देशभर १५८ फिल्म चालु अवस्थामा छन् । त्यसमा पनि सबैभन्दा बढी बागमती प्रदेशमा ६७ र दोस्रोमा कोशी प्रदेशमा २६ फिल्म हल सञ्चालनमा छन् ।

सबैभन्दा थोरै हल सुदूरपश्चिम प्रदेशमा एउटा फिल्म हल सञ्चालित छ । त्यसपछिको थोरै कणाली प्रदेशमा जम्मा २ वटा फिल्म हल सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *