वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

Bythetruekhabar

२१ मंसिर २०८१, शुक्रबार ०३:०७ २१ मंसिर २०८१, शुक्रबार ०३:०७ २१ मंसिर २०८१, शुक्रबार ०३:०७ #Special court found guilty of corruption in purchase of widebody ship

काठमाडौं – विशेष अदालतले नेपाल वायु सेवा निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएकाे ठहर गरेकाे छ ।

अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हाे ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो ।

निगमका २ वटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको अदालतले ठहर गरेको छ । उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने फैसलामा उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० चैत २२ गते विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहितका आरोपितलाई सफाइ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *