नयाँ कोट र श्रद्धासुमन

Bythetruekhabar

१८ जेष्ठ २०७८, मंगलवार २२:३० १८ जेष्ठ २०७८, मंगलवार २२:३० १८ जेष्ठ २०७८, मंगलवार २२:३०

“हजुरको जीवनका सुनौला किरणहरू बिहानीको रश्मी सङ्गै रङमङिदै सुवास छर्दै अविरल बगिरहुन्।लामो जिन्दगीका अनवरत यात्राहरू सदैव सुगम,सक्षम र सफल बनिरहुन्। गन्तव्यहिन यात्राहरु चालिरहनु मेरो जिन्दगीको लागि औचित्यहीन हुन पुग्यो त्यसैले हजुरको खुशी भरी बाधक बनेर र हजुरको सुनौलो जिन्दगीमा अभिसाप बनेर म यो जिन्दगी बिताउन सकिन,चाहिन।

हजुर सङ्ग मेरो न त स्तर मिल्छ न त जात नै,न त बिचार मिल्छ न त परिवेश नै …म त गरिबीमा रङमङिदै धुलो झुत्रोमा खेल्दै हुर्केकी मान्छे हजुरजस्तो महलवासीको पाउपोशमा पनि नसुहाउने म…।ज्याला मजदुरी, खेतीकिसानी गरेर जीवन धान्नु पर्ने एकदमै तल्लोस्तरको मलाई हजुरले आफ्नो उच्चस्तरको पदमा राखेर ठुलो गल्ती गर्नुभयो। संस्कार संस्कृति केहि पनि नजानेकी म कसरी हजुरको त्यो उच्चतम पदमा दिगो रुपमा स्थापित भइरहन सक्छु र ? हजुरको जीवन हजुरले सोचेजस्तै, हजुरले चाहेजस्तै, हजुरले खोजेजस्तै सुगन्धित बनि सुवास छर्दै फुलिरहोस्। मेरो यही चाहाना तथा कामना छ, हुनत हजुरको नजरमा म एक चरित्रहिन आइमाई न हुँ म जस्ती चरित्रहिन आइमाईले दिएका कामनाहरु, चाहानाहरु पुरा होलान् या नहोलान् र हजुरबाट स्वीकार होला या नहोला त्यो त म यकिन गरेर भन्न सक्दिन… तर पनि म हजुरको सदैव खुशी चाहाने मान्छे हुँ, म हजुरको जीवन प्रफुल्लित भएर जिएको हेर्न चाहान्छु। हजुरले हिजोमात्र भन्नुभएको होइन- “तैँले मलाई छाडेको दिन त म यति खुशी हुन्छु कि खुशीको त बयान गरि साध्य नै हुदैन।”

हो हजुरलाई यसरी असिमित खुशी प्राप्त हुन्छ भने मेरो यो ज्यानको के काम ,त्यसैले हजुरको खुशीको लागि म यो सन्सार छोडेर जादैछु। हजुर सङ्ग मेरो यो एउटा कामना छ कि हजुरले कहिले पनि मलाई सम्झेर एक थोपा पनि आँशु नझार्नुहोला।यदि हजुरले मेरो सम्झनामा मेरो कल्पनामा एक थोपा आँशु झार्नुभयो भने मेरो आत्मालाई शान्ति मिल्नेछैन। कृपया यो मेरो अनुरोध छ हजुर सङ्ग लाग्छ अवश्य पनि हजुरले मेरो कामना पुरा गरिदिनुहुनेछ ।म माथिबाट हजुरका हरपलका खुशीका पलहरु हेरिरहनेछु, हेरिरहनेछु, हेरिरहनेछु.…….. हजुरकी प्यारी श्रद्धा” यसरी नयाँ कोटको खल्तीमा भेटेको कागजको खेस्रा भनौ वा अन्तिम प्रेम पत्र पढिसकेपछि सुमनको हृदय भावविह्वल भएर आयो।आज यही पत्र भेटिनु रहेछ र उ नयाँ कोटको खल्तीमा हात हाल्न पुगेछ।

यो कोट उनै प्यारी श्रीमती श्रद्धाले जन्मदिनको अवसरमा उपहार दिएकी थिइन्।ठुलाबडा आफन्ती भनाउदाहरुले नै उसको कान भरेर उसको नजरमा श्रद्धालाई गिराउने काम गरेका थिए।आमा, दिदी,बहिनी,भाउजु, फुपु,…. धेरैको कुरा सुनेर ऊ भ्रममा परेको थियो र अनाहकमा विभिन्न लाञ्छना लगाउदै श्रद्धालाई आत्महत्या गर्न बाध्य गरायो।ऊ बर्बराउन थाल्यो- “श्रद्धा मेरी प्यारी श्रीमती तिमी मलाई यति धेरै माया गर्छ्यौ भन्ने जान्दाजान्दै पनि अरुको कुरा सुनेर बहकाउमा लागेर आज हाम्रो चोखोमाया छुटेको छ , हामी एकअर्काबाट धेरै टाढा भइसकेका छौं।हेर मैंले गर्दा आज यो अवस्था आइपरेको छ।

मैंले तिम्रो मन दुखाएको छु,म पापी हुँ मेरो पापको प्रायश्चितको लागि म जे गर्न पनि तयार छु।म तिमीसँग छुटेर एकपल पनि बाच्न सक्दिन।म पनि तिमी भएको ठाउँमा छिट्टै आउदैछु……”ऊ बर्बराउँदै नयाँ कोट लगाएर हातमा उक्त प्रेमपत्र बोकेर सरासर घरको छततिर दगुर्छ र घरको छतबाट हाम फालेर प्राण त्याग गर्छ।यसरी चोखोमाया गर्ने जोडीले सन्सार छाड्छन्। हाम्रो समाजमा विद्यमान कुसंस्कार हटाउन सकिएन भने,धनी र गरिब बीचको खाल्टो पुर्न सकिएन भने सुमन र श्रद्धा जस्ता धेरै युवायुवतीहरुले ज्यान गुमाउनु पर्ने हुन्छ।

लेखक: निरा ज्ञवाली

लेखक: निरा ज्ञवाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *