कांग्रेसको कोशी प्रदेश सम्मेलन आज

Bythetruekhabar

२२ मंसिर २०८१, शनिबार ०३:१३ २२ मंसिर २०८१, शनिबार ०३:१३ २२ मंसिर २०८१, शनिबार ०३:१३ #Congress's Koshi Province Conference today

नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू हुँदैछ।

प्रदेश सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा शुक्रबार नै विराटनगर पुगेका थिए। उनले प्रदेश सम्मेलनको उद्घाटन गर्नेछन्।

सम्मेलनले वर्षभरि प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी कार्यक्रम तथा रणनीतिबारे छलफल हुनेछ।

सम्मेलनको बन्द सत्रमा प्रदेशभरबाट आएका प्रतिनिधिले कुरा राखेपछि विभिन्न निर्णय गर्दै सम्मेलन सकिन्छ।

कांग्रेसको विधानअनुसार प्रदेश सम्मेलन प्रत्येक वर्ष गर्नुपर्छ। अरू प्रदेशमा यसअघि नै सम्मेलन भइसकेका छन्।

कोशी सम्मेलनअघि शेखर कोइरालाले आफू निकट नेताहरूको छुट्टै भेला गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *