स्वदेश फर्कनु अघि एभरेस्ट बेसक्याम्प पुगे शिखर धवन

Bythetruekhabar

२३ मंसिर २०८१, आईतवार १७:१३ २३ मंसिर २०८१, आईतवार १७:१३ २३ मंसिर २०८१, आईतवार १७:१३ #Shikhar Dhawan reached Everest base camp before returning home

नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन्।

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्। उनीहरुले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए।

एभरेष्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन्। यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए। शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए।  भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए।’राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *