सानिमा माई हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने

Bythetruekhabar

२५ मंसिर २०८१, मंगलवार ०५:०९ २५ मंसिर २०८१, मंगलवार ०५:०९ २५ मंसिर २०८१, मंगलवार ०५:०९ #Sanima Mai Hydropower will pay 10 percent dividend

काठमाडौं– सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई बोनस दिने घोषणा गरेको छ ।

कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीका सचिव क्रान्त श्रेष्ठका अनुसार चुक्ता पुँजीको ३३ करोड ९८ लाख १७ हजार ६१० रुपैयाँ बराबरको बोनस शेयर र १ करोड ७८ लाख १५ हजार १३७ रुपैयाँ बराबरको नगद लाभांश दिइने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८९ लाख ७६ हजार १०० रुपैयाँ बराबर रहेको छ ।

कम्पनीले आगामी पुस २८ गते बस्ने साधारणसभाले पास गरेपछि उक्त बोनस वितरण गर्ने छ । साधारणसभाका लागि कम्पनीले पुस ९ गने बुक क्लोजको मिति तय गरेको छ ।

पुस ८ गतेसम्म कायम रहेका लगानीकर्ताले प्रस्तावित बोनस पाउने र साधारणसभामा भाग लिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *