बुद्धको अन्तिम सीटमा राखेर रविलाई लगियो पोखरा, निकिता पनि गइन्

Bythetruekhabar

२६ मंसिर २०८१, बुधबार ११:५९ २६ मंसिर २०८१, बुधबार ११:५९ २६ मंसिर २०८१, बुधबार ११:५९ #rabi lamichhane, #rabi lamichhane arrest

मिछानेलाई फेरि पोखरा लगिएको छ ।

पर्साको वीरगञ्जमा दुई दिन लामो बयान सकिएपछि काठमाडौं ल्याइएका उनलाई बुधबार पोखरा लगिएको हो । बुधबार बिहानै पर्साबाट सिमरा हुँदै काठमाडौं ल्याएर उनलाई बुद्धएयरको अन्तिम सीटमा राखेर पोखरा लगिएको हो ।

रविसँगै पत्नी निकिता पौडेल पनि पोखरा गएकी छन् । रवि हिरासतमा रहेदेखि रास्वापका केही नेता, रविको सचिवालय सदस्य र पत्नी निकिता पनि पोखरामै बस्दै आएकी छन् ।

कात्तिक ३ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको भन्दै उजुरी परेको थियो ।

पोखरापछि रविलाई रुपन्देही, चितवन र पर्सामा पनि परेको उनीका आधारमा बयान गराइसकिएको छ । प्रहरीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान अघि बढाएको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय समितिको प्रतिवेदनका आधारमा रवि, उनका साझेदार छविलाल जोशी पनि काठमाडौंबाट पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *