सुदूरुपश्चिमले लियो अर्को विकेट : दोस्रो ओभरमा कर्णालीले बाबर हायतलाई गुमायो

Bythetruekhabar

१ पुष २०८१, सोमबार ०४:०३ १ पुष २०८१, सोमबार ०४:०३ १ पुष २०८१, सोमबार ०४:०३ #NPL, #Sudurpaschim

नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले दुई ओभरमा लगातार विकेट लिएको छ ।पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको हो ।

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका हुन् । पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *