सीता र प्रतापको ‘सत्य राम राम’ गीत सार्वजनिक

Bythetruekhabar

१९ पुष २०८१, शुक्रबार ०९:०७ १९ पुष २०८१, शुक्रबार ०९:०७ १९ पुष २०८१, शुक्रबार ०९:०७ #प्रताप दास, #सत्य राम राम', #सीता सुबेदी

शास्त्रीय नृताङ्गना सीता सुबेदी तथा प्रताप दासको ‘सत्य राम राम’ गीत सार्वजनिक गरिएको छ । मानकाजी शाक्यको शब्द रचना भएकाे गीतमा लय भने सीता सुबेदीकै छ । माया प्रेममा मीठो मेलसहितको यस लोक भाकामा सार्वजनिक सङ्गीत सम्योजन पवन रानाभाटले गर्नुभएकाे हाे ।

गीतको भिडियोमा सिनेमाटोग्राफीमा निलकण्ठ सुवेदी हुनुहुन्छ भने गीतमा करन साउदको निर्देशन छ ।  यसैगरी पोस्टप्रोडक्सन ‘ए’ ‘के’ नेपालबाट गरिएको छ भने गीत सीता सुबेदीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे । भिडियोमा रविना थापा, प्रकाश दुरा, अशोक पङ्गेनीसहित सीताको आफ्नै अभिनय छ जसमा अन्य कलाकारहरुले समेत साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *