निजगढ नगरपालिकाको आगामि आ.व. २०७८/०७९ को नीति कार्यक्रम तथा आय व्यायको विवरण( बजेट) आज प्रस्तुत भएको छ ।
निजगढ नगरपालिकाको उप प्रमुख लिलादेवी लामिछाने खनालले प्रस्तुत गर्नुभएको बजेट अनुसार आगामि आ.व. को लागि १ अरव १ करोड ९४ लाख ७९ हजार ८०० रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ।
पुर्वाधार बिकास तर्फ ३७ करोड ९४ लाख, ७२ हजार, आर्थिक विकास तर्फ १४ करोड ७५ लाख ८० हजार, सामाजिक बिकास तर्फ २९ करोड ५१ लाख ५३ हजार ८०० रुपैया , सुसाशन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ५ करोड ५० लाख २४ हजार र कार्यलय सन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ७२ लाख ५० हजार बिनियोजन गरेको छ ।