करेन्ट लागेर बारामा एककाे मृत्यु

Byadmin

१७ असार २०७८, बिहीबार १२:०३ १७ असार २०७८, बिहीबार १२:०३ १७ असार २०७८, बिहीबार १२:०३

करेन्ट लागेर बारामा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ४५ वर्षिय मदनलाल जैसवालको शरिरमा करेन्ट प्रवाह भएका कारण मृत्यु भएको हो ।
बिहिवार बिहान करिब ८:२० बजेकाे समयमा आफ्नैं घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमा नैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि अहिले कलैया अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *