कोपा अमेरि : ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा चिलीमाथि कठिन जित निकाल्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेको हो ।
ब्राजिलको जितका लागि लुकास प्याकेटाले गरेको गोल निर्णायक बन्यो । खेलको ४६ औं मिनेटमा उनले ब्राजिललाई अग्रता दिलाएका थिए ।
दाेस्राे हाफकाे सुरूवातमै दस खेलाडीमा सिमित भएको ब्राजिल रक्षात्मक रूपमा प्रस्तुत भएकाे थियाे । बाँकी समयमा दुवै तर्फबाट गाेल हुन नसकेपछि ब्राजिल १–० ले बिजयी हुँदै अन्तिम चारमा प्रवेश गरेकाे हाे । खेलको ४८ औँ मिनेटमा ब्राजिलका ग्राबियल जेसस रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
शनिबार बिहान भएको अर्काे खेलमा पराग्वेमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै पेरु सेमिफाइनल प्रवेश गरेको थियाे ।